जनसंख्या वृद्धिदर कम भएपछि तीन सन्तान जन्माउन दिने चीनको निर्णय
२०७८ जेष्ठ १७ गते, सोमबार

जेठ १७, काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको नीतिलाई राष्ट्रपति सि जिनपिङले अनुमोदन गरेका छन।
चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो ।
यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो ।