बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

जेठ १७, हेटौंडा । बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । २०७८र०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएसँगै उपसभामुख राधिका तामाङले बैठक स्थगित गरेकी हुन ।
सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले भनाइ राखिसकेलगत्तै उपसभामुख तामाङले अर्को सूचना जारी नभएसम्म प्रदेशसभा बैठक स्थगित भएको जानकारी गराएका थिए।
सोमबार बसेको प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० पेस गरेका थिए ।
अर्थमन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कोरोनालगायत प्राकृतिक र मानवीय विपत्ति न्यूनीकरण र उपचारलाई प्राथमिकता दिइने बताएका थिए।