यस वर्षको एसईई आन्तरिक मूल्याङ्कनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

२०७८ जेष्ठ १८ गते, मंगलवार

जेठ १८, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो । यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।
विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपछि सरकारले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal