उपत्यका सहित पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने सम्भावना

२०७८ जेष्ठ १८ गते, मंगलवार

जेठ १८, काठमाडौं । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण आज काठमाण्डौ उपत्यका सहित पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यका सहित वाग्मती, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् ।अहिले प्रदेश-१ र २ मा भने हल्का वर्षा भएको छ भने सुदूरपश्चिमका जिल्लामा मध्यम खालको वर्षा भइरहेको छ ।

भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ । यसैबीच, मौसमविद्ले यसपालि समयमा नै मनसुन भित्रिने बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ । यसपालि जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान रहेको मौसमविद्हरुले अनुमान गरेका छन। मौसमविद्ले यसपालिको मनसुनमा धेरै पानी पर्ने अनुमान गरेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal