मौसम पूर्वानुमान : दिउँसोपछि केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना
२०७८ जेष्ठ १९ गते, बुधबार

जेठ १९, काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको अहिले मौसम सामान्यतया सफा रहेको भएको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रका कारण नेपालको पुर्वी भागमा केही मा बादल लागे पनि स्थानीय वायुका कारण अरु ठाउँमा सामान्य बादल लागे पनि पानी पार्ने उल्लेख्य प्रणाली नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
अझै केही दिन ठूलो पानी पार्ने खालको मौसमी प्रणाली आउने सम्भावना कम रहेको मौसमविद्को दाबी छ । प्रि–मनसुनको समय भएकोले दिउँसोपछि केही ठाउँमा बादल आएर सामान्य पानी पर्ने सम्भावना भने रहिरहने महाशाखाले जनाएको छ ।