युवा क्रान्तीको अपरिहार्यता

समाजको बहुपक्षिय सम्बन्ध राजनितीसङ्ग हुन्छ। राजनितीले नै मुलुक को बर्तमान र भबिस्यको निर्धारण गर्दछ। हामीले आज गरेको एक गल्तीको सजाय हामी पछिका कैयौं पुस्ताले भोग्नु पर्ने हुन्छ। राजनितिले आजको समाजलाई मात्र निर्देश गर्दैन, भबिस्यको समाजलाई पनि प्रभाबित पार्दछ। नेपालमा जाहानिय एक तन्त्रे शासन ब्यबस्था देखि संघिय लोकतान्त्रिक गणतन्त्रको चरण सम्म आईपुग्दा जनताले बगाएको रगतको कुनै मोल छैन! त्यो अनमोल छ। ब्यबस्था परिवर्तन गर्नका लागि आहुती दिन पछि नपरेका हामी नेपालीले बुझ्न न सकेको समस्या ब्यबस्था भन्दा पनि ब्यबस्थापनमा हो। ब्यबस्थापन नेतृत्वको जिम्मेवारी हो। हामी सधै मुलुकमा उत्पन्न अनेकन समस्याको उचित ब्यबस्थापन गर्न नसक्ने अनि दोषको पगरीको अरुको टाउकोमा भिराउने निकम्मा, चतुर र स्वार्थी नेतृत्वको गुणगानमा मघ्न भयौं, उनिहरुका हरेक गल्तीलाई ढाकछोप गरि उनैका हातमा सत्ताको बागडोर दिएऔं।
आज फेरि हामी बिच चरम निराशा छाएको छ,हाम्रा अपेक्षा र सपनाहरु आँखा अगाडि चकनाचुर हुदैछन,नकारात्मकता ब्याप्त छ,हामी आफुलाई असाह्य महशुस गर्दै छौं, हामीले गर्व गरेका गरेक उपलब्धि आज फगत सावित हुदै गएका छन। यहि मौका छोपी पुर्व राजाबादीहरु सलबलाएका छन, गणतन्त्र विरुद्ध नारा बाजि हुदैछ, लोकतन्त्रलाई अभिशाप मान्दैछन, फेरि यो ब्यबस्था ढलाउने तानाबाना बुनिदैछ, जसरी हिजो गणतन्त्र आएसि राम राज्य हुन्छ, सबैको अपेक्षा पूरा हुन्छ भनियो, त्यसपछि संविधान बनेपछी छुमन्त्र हुन्छ सब समस्या भनियो, त्यसै गरि आज चिहानमा गडेको राजसंस्था आए पछि सबै सर्लक्कै समाधान हुन्छ भनेर प्रचार गरिएको छ,त्यो नै द्वन्दको बिजारोपण हो। हामी इतिहासमा धेरै पटक झुकिएऔं, आजको यो विषम मोडमा इतिहासको परिक्षामा हामी छौ, हाम्रो यो ब्यबस्था गलत होइन, ब्यबस्थापन गलत हो। नेतृत्वको अकर्मण्यताको दोष ब्यबस्थालाई दिएर देशमा फेरि द्वन्दको अवस्था सिर्जना गरिनु हुदैन।
नेपालको निर्वाचन प्रणालीको प्रदुषणले लोकतान्त्रिक बाताबरण धमिलिएको छ,हाम्रो निर्वाचन प्रणालीको अपार्दर्शिताको उपज मुलुक आज केही नव धनाड्यहरु को सिन्डिकेट हुन पुगेको छ। आज एक आम ब्यक्ती निर्वाचन लड्ने र जित्ने परिकल्पना गर्न सक्दैन। आज एक ३० बर्षभन्दा मुनिको युवकले निर्वाचन लड्न पाउछ? निर्वाचन लडेर जित्न सक्छ? अथवा एक युवकले त्यो हिम्मत जुटाउन सक्छ? सक्दैन। किन सक्दैन त? आखिर किन एक आम ब्यक्ति राजनिती र निर्वाचनमा उम्मेदवारी गर्न सक्दैन। एक सक्षम ब्यक्ती आर्थिक हैसियत नभएकै कारण तस्कर र अपराधीलाई आफ्नो प्रतिनिधि स्विकार्दै लाचार हुनुपर्ने? डाडा माथीका जुन भएका हजुरबाले मन्चमा सकिनसकी कुर्लिनुपर्ने? यो सबै प्रश्नको मात्र एक उत्तर हाम्रो निर्वाचन प्रणाली! हाम्रो निर्वाचन प्रणाली भ्रष्ट, खर्चिलो अनि असान्दर्भिक छ।
लोकतान्त्रिक गणतन्त्र आएपछी कुनै एक लोकतान्त्रिक पार्टीका भातृ संस्थाहरुको बैधानिक लोकतान्त्रिक प्रक्रिया मार्फत चयन भएको छ? छैन, कति दलको भातृ संस्थाको अधिबेशन गर्न नसकेर रिक्तता सिर्जना भएको छ, २५ बर्ष को उमेरमै राष्ट्र राजनितीमा आएका नेतृत्वगणहरुले युवा अवस्थामा राजनैतिक जिम्मेवारी प्राप्त गर्नसक्ने अवसरको ढोकामा टिके र चाकडीबाजको पर्खालले पुरिदिएका छ्न। अबका युवाहरुले त्यो पर्खाललाई टोड्नु पर्छ, मुलुकको मेरुदण्ड भएर मात्र होइन मस्तिष्क भएर कार्य गर्नु पर्छ। अब युवाले हिम्मत गर्नु पर्छ, त्याग र योगदान गरेका हजुरबाहरुलाई सम्मान साथ बिदा दिनुपर्छ। अबको क्रान्ती बन्दुक होइन, युवा सचेतनाको हुनु पर्छ, अब क्रान्तिले मान्छे मार्ने होइन मान्छे बचाउने हुनुपर्छ, प्राण हर्न होइन, प्राण दान दिने हुनुपर्छ, अबको क्रान्ती नेतृत्वको भरिया भएर होइन, नेतृत्व भएर हुनु पर्छ, अबको क्रान्ती लाखौ देश छोडेर पलायन भएका हरुलाई पछुता पार्ने क्रान्ती हुनु पर्छ, अब क्रान्ती धृणाको होइन मायाको हुनु पर्छ। प्रजातन्त्रको नाराले हजुरबाले बन्दुक बोके, साम्यबाद भन्दै बा कुर्लिए, हजुरबालाई बन्दुक भिराउने, बालाई कुर्लाउने र मलाई समृद्धिको नारामा भुलाउने त उहीँ मानिस रैछ। भुल्भुलैयाको चङुल बाट मुलुकलाई स्वतन्त्र पार्न अब क्रान्ती हुन्छ, युवा क्रान्ती ।