सिईडिबि हाइड्रोपावरको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबार खुल्ने

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । मंगलवार सिईडिबि हाइड्रो डेभलपमेण्ट कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सूचीकृत भएको छ ।कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको शेयर दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू १३८ दशमलव ७९ देखि ४१६ दशमलव ३७ सम्म मूल्यरे ञ्ज तोकेको छ ।
नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म मूल्यरेञ्ज तोक्ने गर्दछ । कम्पनीले वैशाख २७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal