समृद्धि फाइनान्सको १४ लाख कित्ता लिलामी शेयर असार ३ गतेदेखि आउने

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । समृद्धि फाइनान्स ९क्ँऋी० ले हकप्रदमा बिक्री नभएको संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा विक्री नभएको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलाम ल्याएको हो ।

कम्पनीले बिक्री गर्न लागेको उक्त लिलामी शेयरमा योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार ३ गतेदेखि असार १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
कम्पनीको लिलामी शेयरमा न्यूनतम १०० रुपैयाँ वा त्यसभन्दा बढी मूलय तोकेर गोप्य बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
मंगलबार कम्पनीको शेयर प्रति कित्ता ४४० रुपैयाँमा कारोबार भैरहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal