मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता राजकुमार सुवालले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले मन्त्रिपरिषद् पुनर्गठनको गर्नुको कारण समेत माग गरेको छ । दुवै पक्षलाई असार ८ गते गते छलफलका लागि बोलाउँदै सोर्वोच्चले सोहीदिन मुद्दाको पेसी तोेकेको छ ।

कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal