खनाल- नेपाल समूहले भोट दिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका भट्टले मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाएका हुन्।
भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत मात्र आवश्यक भए पनि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्ष पनि मत दिएपछि बहुमत पाएका हुन्। नेपाली कांग्रेसले उनको सरकार ढल्न नदिने बताए पनि पक्ष(विपक्षमा मत भने हालेन। प्रदेश सभामा ५१ उपस्थित सांसदमध्ये ३० ले भट्टको पक्षमा र ९ सांसदले विपक्षमा मतदान गरेका हुन्। कांग्रेसका १२ जना सांसदले भने मत हालेनन्। प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal