चट्याङ लागेर मोरङ बेलबारीमा एक जनाको मृत्यु

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । मोरङको बेलबारी नगरपालिका(५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ।
सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए।
उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal