पाँचथरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । पाँचथरमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान साढे ९ बजे हिलिहाङ गाउँपालिका वडा नम्बर ७ टारीस्थित मेचिराजमार्गमा झापाबाट ताप्लेलुङ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको हो।
प्रदेश नम्वर १ – ०१-००१ च ७६९१ नम्बरको पिकअप गाडी सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जनाकारी दिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal