गण्डकीका मुख्यमन्त्री गुरूङले जेठ २७ गते विश्वासको मत लिने

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री गुरुङको विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।
प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनु पर्ने नियम रहेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्य ६० जना रहेका छन् । सरकार जोगाउन गुरुङलाई ३१ मत चाहिन्छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal