दाङको निषेधाज्ञा खुकुलो, वित्तीय संस्था तथा पसलहरू खुल्ला

जेठ २५, काठमाडौं । वैशाख १७ गतेदेखि दाङमा जारी निषेधाज्ञा केही खुकुलो पर्ने निर्णय भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले असार १ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको भए पनि केही खुकुलो पार्ने निर्णय गरेको हो।
दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले यसअघि हप्तामा दुई दिन आलोपालो गरी सञ्चालन गरिँदै आएका बैंक तथा वित्तीय संस्थाहरू अबदेखि दैनिक रुपमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको बताए।
त्यस्तै, यसअघि सञ्चालन हुँदै आएका पसलहरू बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ।
तर, होटेल, रेष्टुँरा, चिया पसल, खाजा घर, सैलुन, जिम क्लब, पार्टी प्यालेसहरू भने असार १ गते सम्म नै बन्द हुने छन ।