सरकारविरूद्ध प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ
२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । सरकारविरूद्ध प्रदर्शन गरेका नेविसंघका कार्यकर्ता पक्राउ परेका छन्। काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका नेविसंघ कार्यकर्तालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
नेविसंघले सरकारले नदीजन्य पदार्थ निकासी गर्नेबारे बजेटमा समावेश गरेका कार्यक्रम फिर्ता लिन माग गरिएको छ।
सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा ढुंगा, गिटी र बालुवा निकासी गर्दै व्यापार घाटा कम गर्ने उल्लेख थियो। यस्ता निर्णयले चुरे दोहन हुने भन्दै नेविसंघ विरोधमा उत्रिएको छ।