मुख्यमन्त्री भट्टलाई भीम रावलको बधाई, पद्दति मिच्नेलाई शिक्षा लिन सुझाव

जेठ २५, काठमाडौं । एमाले नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन सफल भएकोमा बधाई दिएका छन् । साथै रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट शिक्षा लिन आफ्नै पार्टीका अध्यक्षसहितका नेतालाई सुझाव दिएका छन। मुख्यमन्त्रीमा विश्वासको मत लिन सफल भएलगत्तै भट्टलाई बधाई दिँदै नेता रावलले विधि पद्धति नमान्नेहरुले भट्टबाट शिक्षा लिनुपर्ने बताएका हुन।
सामाजिक सञ्जाल ट्वीटरमा नेता रावलले मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएको भन्दै उक्त कुरा बताएका हुन ।
विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने भन्दै रावललेलेखेका छन , ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई १ विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’ मंगलबार एमालेकै माधव नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री भट्टको पद जोगिएको थियो ।