कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको बैठक अनिश्चित

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, सुर्खेत । सोमबार कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको कर्णाली प्रदेशसभा आठौं अधिवेशनको बैठक अनिश्चित बनेको छ ।
कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरे सम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका सांसदहरुले लिएपछि बैठक स्थगित गरिएको थियो ।
एमाले संसदीय दलका नेता यामलाल कँडेल र सांसद करवीर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख राजबहादुर शाहीले सूचना सुनाएर मंगलबार २ बजेसम्म बैठक स्थगित गरेका हुन ।
सरकार पक्ष र प्रतिपक्षबीच बैठक सुचारु गर्ने सम्बन्धमा वार्ता चलिरहे पनि कुनै निष्कर्ष नआएको बताएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal