कोरोना भाइरस उत्पत्तिबारे चीनलाई दबाब दिन सकिँदैन : डब्ल्यूएचओ

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस ९कोभिड–१९० को उत्पत्तिबारे चीनलाई थप दबाब दिन नसकिने जनाएको छ ।
डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले चीनलाई कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा चीनलाई दबाब दिन नमिल्ने बताएका हुन।
आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिन कुनै अधिकार नरहेको भन्दै रयानले सदस्य मुलुकहरुबाट पूर्णरुपमा सहकार्य, निवेश र सहयोगको अपेक्षा गरिएको बताए।
भाइरस चीनको वुहानस्थित प्रयोगशालामा बनाइएको आरोप अमेरिकासहितका केही पश्चिमा मुलुकले आशंका गरेका छन् भने चीनले यस आक्षेपलाई ठाडै अस्वीकार्दै आएको छ ।
यसै वर्षको शुरुआतमा चीनको भ्रमण गरेका डब्ल्यूएचओका वैज्ञानिकहरुको टोलीलाई कोरोनाको उत्पत्तिबारे अनुसन्धानका लागि अत्यावश्यक सबै डेटामा पहुँच नदिइएको आरोप लगाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal