भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८२ हजारभन्दा बढी निको भएका छन् । भारतमा हालसम्म कुल २ करोड ८९ लाख ९६ हजार ४ सय ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै भारतमा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७३ लाख ४१ हजारभन्दा बढी छ ।
पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणका कारण २ हजार १ सय २३ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३ सय ९ पुगेको छ । भारतमा हाल १३ लाख ३ हजार ७ सय २ जना सक्रिय संक्रमित छन् ।
भारतमा गत मे ७ मा एकैदिन ४ लाख १४ हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा एकैदिन सबैभन्दा बढी मे १९ मा ४ हजार ५ सय २९ जनाको कोरोनाले मृत्यु भएको थियो ।
भाइरस प्रभावित देशहरूको सूचीमा भारत विश्वकै दोस्रो स्थानमा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal