क्यानडामा गोली प्रहारबाट एकै परिवारका चार जनाको हत्या

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । क्यानडामा गोली प्रहारबाट चार जनाको हत्या भएको छ । ओन्टारियो प्रान्तको लण्डन शहरमा भएको आक्रमणमा मारिने मुस्लिम समुदायका रहेको बीबीसीले जनाएको छ । घटनामा नौ वर्षका बालक गम्भीर घाइते भएका छन् । सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । क्यानडाली मुस्लिमहरुको संस्था नेशनल काउन्सिल ९एनसीसीएम० ले घटनाको निन्दा गर्दै अल्पसंख्यकहरुमाथि भइरहेको आक्रमण रोक्न प्रशासनसँग आग्रह गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal