युरोकपअघिको अन्तिम मैत्रिपूर्ण खेलमा जर्मनीको फराकिलो जित

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । युरोकप अघिको अन्तिम मैत्रिपूर्ण खेलमा जर्मनीले फराकिलो अन्तरको जित निकालेको छ । जोआचिम लोको प्रशिक्षणमा रहेको टोलीले लात्भियामाथि ७–१ को जित निकालेको हो । प्रशिक्षक लोआचिमले ३–४–३ को फम्र्याटमा टोली उतारेका थिए । खेलमा गोसेन्सले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए भने इल्के गुन्डोगान, थोमस मुलर र सर्जे जिनाब्री तथा रोबर्टस् ओजोल्सले आत्मघाती गोल गर्दा जर्मनी पहिलो हाफमा ५ गोलको अग्रता लिन सफल भयो । दोस्रो हाफमा टिमो वेर्नर र लेरोय सानेले थप गोल गर्दै जर्मनीको अग्रता फराकिलो बनाए । जर्मनीले युरोकपको सुरुवाती खेलमा जुन १५ मा फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal