नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नाघ्यो

२०७८ जेष्ठ २५ गते, मंगलवार

जेठ २५, काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित एक सय आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ११ हजार तीन सय आठ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार पाँच सय ७० जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख चार हजार पाँच सय ३० पुगेको छ । अहिले नेपालमा ८२ हजार सात सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal