भारतमा बस र लोडर ठोक्किए, १७ जनाको मृत्यु, १० जना भन्दा धेरै घाइते

२०७८ जेष्ठ २६ गते, बुधबार

जेठ २६, काठमाडौं । भारतको उत्तर प्रदेशमा गए राति बस र लोडर एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ भने १० जना भन्दा धेरै घाइते भएका छन ।
ज्यान गुमाउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले दुई(दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्यान गुमाएकाका प्रति परिवारलाई दुई(दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal