सिमित व्यक्तिको प्रलोभवमा परी विज्ञप्ति जारी गर्दै नहिड्न धितोपत्र बोर्डलाई वस्नेतको चेतावनी

२०७८ असार २ गते, बुधबार

असार २, काठमाडौं । सेयर बजारका चर्चित एवंम अनुभवी लगानीकर्ता सुनिल वस्नेतले सिमित व्यक्तिको प्रलोभवमा परी तथ्यहीन विज्ञप्ति जारी गर्दै नहिड्न धितोपत्र बोर्डलाई चेतावनी दिएका छन । सिएनएन एक्प्रेशसंग कुरा गर्दै उनले बोर्डको पछिल्लो कदम हावादारी र वालपनको संज्ञा दिएका छन । उनले बोर्डले ५१ वटा कम्पनीको नामै तोकेर जोखिमयुक्त भनेर विज्ञप्ति जारी गरेर लाखौं लगानीकर्ताको लगानीमा खेलवाड गरेको आरोप लगाए ।
उनले भने, ‘बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयलाई अड्काउने, ब्रोकर कमिशन घटाउने बिषयमा चुँईक्क नबोल्ने, आफै कमिशन खाएर भुँडि फुलाउने अनी सर्वसाधारणलाई तर्साउन खोज्ने ? यदि ती कम्पनी जोखिमयुक्त थिए भने जोखिम हेर्ने अहिलेको आँखा हकप्रद दिने बेलामा किन बन्द थियो ? हिजो हकप्रद निश्कासन गर्न लायक कम्पनी आज एकाएक जोखिमयुक्त कसरी भए ? ‘हिजो आफैंले हकप्रद दिंदा कुनै जोखिम देखेनन्, आज बुलिस बजारमा मूल्य बढ्दैमा तिनै कम्पनी कसरी जोखिमयुक्त भए ?’ उनको प्रश्न थियो । धितोपत्र बोर्डले हिजो मात्र सेयर बजारमा कारोबारमा रहेका कम्पनीमध्ये ५१ वटा कम्पनीको सूचि सार्वजनिक गर्दै तिनीहरुको सेयरमा लगानी जोखिमयुक्त भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो । यो सूची सार्वजनिक भएसँगै बोर्डको कदमको सर्वत्र आलोचना भइरहेको छ ।

वस्नेतले पछिल्लो समय लगानीकर्ताको हक हितको लागि पुराना संगठनहरुले काम गर्न नसकेको भन्दै नयाँ संगठनको आवश्यक भएको बताउदै आएका छन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal