वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई होटल क्वरेण्टीन खर्च सरकारले दिने

२०७८ असार ३ गते, बिहीबार

असार ३, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर होटल क्वरेण्टीनमा बस्न नसक्ने श्रमिकलाई सरकारले सहयोग गर्ने भएको छ ।
हिजो बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वरेण्टीनमा बस्न नसक्नेहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिए।
समितिको बैठकले १५ दिन होटल क्वरेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयले समस्यामा परेका श्रमिकलाई राहत पुग्ने छ । सरकारले खाडीका देश र मलेसियाबाट श्रम गरी फर्कने नेपालीका लागि ५ दिन होटल क्वरेण्टीन अनिवार्य गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal