जसपा अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी समितिमा थपिएका २० जनाको नामावली

२०७८ असार ३ गते, बिहीबार

असार ३, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपा०का अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएका छन् ।
अध्यक्ष ठाकुरले आफ्ना पक्षबाट २० जना सदस्य थपेका हुन् । जेठ ३० गते ठाकुरले आफूपक्षीय बैठक राखेर २० जनाको नाम थपेका थिए । थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराए थिए। दर्ता गराउनका लागि केशव झा निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले त्यसलाई दर्ता गरेपनि थप निर्णय भने लिइसकेको छैन । थप गरिएका २० जनामध्ये सबैजना महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन् ।

कार्यकारिणी समितिमा थपिएका २० जनाको नामावली
१. बाबुलाल साह,
२. विजय गुप्ता,
३. अर्जुन उप्रेती,
४. अरविन्द साह,
५. जयप्रकाश ठाकुर,
६. उपेन्द्र महतो,
७. मुकेश झा,
८. शतरजित यादव,
९. एकवाल मियाँ,
१०. रमेश पटेल,
११. विमल श्रीवास्तव,
१२. उमाशंकर अरगरिया,
१३. सन्तोष मेहता,
१४. डाविजय सिंह,
१५. कृष्ण सिंह,
१६. परमेश्वर साह,
१७. अभिराम शर्मा,
१८. राजिव झा,
१९. सुरेश मण्डल र
२०. डा.सुरेन्द्र झा

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal