नवलपरासी बर्दघाट–सुस्तापूर्वको बौदी खोलामा आएको बाढीले निर्माणाधीन पुल बगायो

२०७८ असार ३ गते, बिहीबार

असार ३, काठमाडौं । सोमवार साँझदेखि परेको अविरल वर्षापछि नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ । बौदीकाली गाउँपालिकाको वडा नं १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो ।
निर्माणाधीन पुल प्रदेश सरकारको तीन करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो ।
खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको स्थानियवासीहरुले बताएका छन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal