सुनको भाउमा गिरावट : तोलामा १ हजार १ सय रुपैयाँले घट्यो

२०७८ असार ३ गते, बिहीबार

असार ३, काठमाडौं । सुनको भाउ आज विहिवार तोलामा १ हजार १ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९३ हजार १ सय रुपैयाँ तोकिएको सुनको मूल्य आज घटेर ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal