बाढी प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन पूर्व राजा ज्ञानेन्द्रको आग्रह

२०७८ असार ३ गते, बिहीबार
राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनु पर्ने

असार ३, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन आग्रह गरेका छन। सामाजिक सञ्जाल ट्वीटरमा शाहले प्राकृतिक विपत्तिको न्यूनीकरणमा सबै मिलेर अघि बढ्नु पर्ने बताएका छन ।
कोभिड-१९ को महामारीबाट देश आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्व राजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन । उनले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा सहरी बस्तीका स्थानीय बासिन्दाको उठीबास भएको खबरले आफूलाई दुस्खित तुल्याएको बताएका छन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal