उत्तर कोरियामा खाद्यान्नको चरम अभाव, यस वर्ष संकट झन चुलिने

२०७८ असार ४ गते, शुक्रबार

असार ४, काठमाडौं । उत्तर कोरियामा खाद्यान्नको चरम अभाव भएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले गत वर्षको आँधी र बाढी पहिरोका कारण आफ्नो मुलुकमा खाद्यान्नको चरम अभाव भएको स्वीकार गरेका छन। कोरियाली वकर्स पार्टीको पूर्ण बैठकमा नेता किमले देशमा खाद्यान्नको चरम अभाव भएको बताएको कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएको छ ।
सो बैठकमा नेता उनले खाद्यान्नको संकत यस वर्ष झ्न चुलिने भन्दै चिन्ता व्यक्त गरेका थिए। कोरोनाको महामारी सुरु भएसँगै अमेरिका लगायतका मुलुकले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएसँगै खाद्यान्नको चरम अभाव भएको बताइएको छ । गत अप्रिलमा वकर्स पार्टीको पूर्ण बैठकमा नेता किमले देशलाई तनावपूर्ण खाद्यान्नको अवस्थाबाट बचाउनुपर्ने बताउनुभएको थिय वताएका थिए । सन् १९९० देखि उत्तरले खाद्यान्न संकटको अभाव खेप्दै आएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal