इन्डोनेसियामा ‘सिनोभ्याक’ लगाएकाहरुमा संक्रमण, खोपको प्रभावकारितामाथि प्रश्न

२०७८ असार ४ गते, शुक्रबार

असार ४, काठमाडौं । इन्डोनेसियामा कोरोना बिरुद्धको चिनको सिनोभ्याक खोप लगाएका ३ सय ५० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमा एकसाथ कोरोना संक्रमण पुष्टी भएको छ । इन्डोनेसियाको कुदुस जिल्लामा रहेका ५ हजार चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई खोप अभियान सञ्चालन गरी खोप लगाईएकोमा उनीहरुमा एकै साथ संक्रमण पुष्टी भएको इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित चिकित्स र स्वास्थ्यकर्मीहरु मध्ये केहीको अवस्था गम्भीर भएका कारण अस्पताल भर्ना गरिएको छ । इन्डोनेसियामा गत जनवरीदेखि कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।
सो खोप लगाएका केहीमा कोरोना संक्रमण पुष्टी भएता पनि कुदुस जिल्लामा एकैसाथ कोरोना खोप लगाएकाहरुलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै चिन्ता ब्यक्त गरिएको हो । यसअघि बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सिनोभ्याकलाई मान्यता दिंदै यो खोप लगाएका ब्यक्तिमा ५१ प्रतिशतलाई कोरोना संक्रमण नहुने स्पष्ट पारेको थियो । अहिले सो खोपको प्रभावकारिताबारे प्रश्न उठेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal