कोपा अमेरिका : ब्राजिलले पेरुलाई ४–० गोलले हरायो

२०७८ असार ४ गते, शुक्रबार

असार ४, काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ । खेलमा ब्राजिलले पेरुलाई ४–० गोलले हरायो । ब्राजिलको लागि ११ औं मिनेटमा एलेक्स सान्द्रो र ६८ औं मिनेटमा नेयमारले गोल गरे । यस्तै ८९ औं मिनेटमा एभर्टन रेविरोले गोल गरे । थपिएको समयको तेस्रो मिनेटमा रिर्चलिसनले गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पुर्याए ।
जितसँगै समूह ए मा ब्राजिल ६ अङ्कसहित शीर्ष स्थानमा छ । लगातार दोस्रो खेल हारेको पेरु अङ्कविहीन छ । अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले बराबरी खेलेका छन् । खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डेइजले रातो कार्ड खाँदै बाहिरिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal