बालुवाटार बैठकमा मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग

२०७८ असार १६ गते, बुधबार

असार १६ काठमाडौं । नेकपा एमालेके बालुवाटार बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरीएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरूले नै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्। बुधबार बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीले श्रेष्ठ रूपा सुनार प्रकरणमा गल्ती गरेकाले आत्मआलोचना गर्नु पर्ने बताएका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले पनि मन्त्री श्रेष्ठको व्यवहार शोभनीय नभएको बताएका थिए। श्रेष्ठले आफू भावनामा बगेर कमजोरी भएको स्वीकारेको र भविष्यमा यस्तो नगर्ने बताएको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिए। उक्त विषयमा शिक्षा मन्त्री श्रेष्ठले भने कुनै प्रतिक्रिया दिएनन्। बैठकमा सहभागी अर्का नेता बमबहादुर विश्वकर्माले पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए।

थरकै आधारमा रूपा सुनारलाई कोठा नदिएको आरोप लागेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी चौकीमै पुगेको र गाडी लगेर घरसम्म छाडेकोमा आलोचना भइरहेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal