संसद् विघटन संसदीय प्रणाली माथिकै प्रहार हो : सभामुख सापकोटा

२०७८ असार १६ गते, बुधबार

असार १६ काठमाडौं । सभामुख अग्नि सापकोटाले बारबार संसद् विघटन गरी सरकारले संसदीय प्रणालीमाथि नै प्रहार गरेको टिप्पणी गरेका छन्। बुधबार संसद् दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले संसदमाथि सरकारबाट पटक–पटक आक्रमण हुँदा लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा परेको बताएका हुन्।
‘संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ,’ सभामुख सापकोटाले भनेका छन्। संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई बलियो पार्न सके मात्र संघीय शासन प्रणाली कार्यान्वयनमा बल पुग्ने सभामुख सापकोटाको भनाइ छ ।

वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिनलाई संसद दिवसको रुपमा मनाउने गरिन्छ ।

विज्ञप्ति

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal