नेपाली जनताले सुखको अनुभूति गर्न पाएनन : पूर्वराजा ज्ञानेन्द्र

२०७८ असार १६ गते, बुधबार
राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनु पर्ने

असार १६ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले सुखको अनुभूति गर्न नपाएको बताएका छन् । पूर्वराजा शाहले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’ उनले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाएका छन् ।
यस्तै शाहले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् । यस्तो अवस्थामा यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय पनि पूर्वराजाले गरेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal