एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको छ : प्रधानमन्त्री ओली

२०७८ असार १६ गते, बुधबार

असार १६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताएका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपुर्व ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण लोकप्रिय हुँदै गएको दावी गरे।
उनले भने “योजनावद्ध दृष्टिकोण सहितको विकासको तीब्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापले पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा पार्टीका नीतिहरु अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइजती, अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धीहरुको चर्चा नगर्ने लगायतका थुप्रै प्रयासहरु चलिरहेकाले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal