नेपाल पक्षीय नेताहरू १८ गतेको केन्द्रीय कमिटी बैठकमा आउनुपर्छ : पौडेल

२०७८ असार १६ गते, बुधबार

असार १६ काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय आउनुपर्ने बताएका छन । पौडेलले २०७५ जेठ ३ अघिको पार्टी केन्द्रीय कमिटी ब्युँताएकाले सबै नेताहरू तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताए।
अर्थमन्त्री पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगिसके बताए । पार्टी भित्रै बसेर समस्याको समाधान गर्नुपर्ने र पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा उनको जोड छ । नेकपा (एमाले)ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भङ्ग गरी २०७५ जेठ ३ अघिको अवस्थामा रहेको केन्द्रीय कमिटी ब्युँताएको छ । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ ।
यद्यपि वरिष्ठ नेता नेता माधवकुमार नेपाल पक्षले भने पार्टी २०७५ जेठ २ गते फर्काउनुपर्ने माग गरेका छन् । यस्तो अवस्थामा आगामी बैठकमा नेपाल पक्ष नेताहरू बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने आम चासोको विषय बनेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal