निर्वाचनको विरोध गर्ने विपक्षीहरू जनता सम्म जाने हिम्मत देखिएन : सांसद दाहाल

२०७८ असार २१ गते, सोमबार

असार २१, काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन। सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले पहिलो पटक प्रतिनिधिसभा पुनस्थापनापछि पनि केही काम गर्न नसकेकाले निर्वाचनमा जानु नै सही निर्णय भएको तर्क गरे। दाहालले निर्वाचनको विरोध गर्ने विपक्षीहरूमा जनतासम्म जाने हिम्मत नभएको आरोप लगाए।
उनले भने‘विपक्षीहरु कसै संग पनि जनतासम्म जाने हिम्मत देखिएको छैन ।’ दाहालले संसदीय अभ्यासको नाम गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनाधिकृत र असंसदीय अभ्यास सुरु भएको जिकिर गरे। निर्लज्ज भएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरू हस्ताक्षर सहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको उनको टिप्पणी छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal