एमाले सहमति : अदालतमा बुझाएको हस्ताक्षर स्वत बदर, विपक्षी गठबन्धनमा लाग्न बन्देज !

२०७८ असार २८ गते, सोमबार

असार २८, काठमाडौं । लगातार सात दिनसम्म बसेको एमाले कार्यदलको बैठकले पार्टीभित्रको समस्या समाधान गर्न १० बुँदे सहमति सार्वजनिक गरेको छ । एमालेमा पछिल्लो समय निकै विवादित बनेको प्रतिनिधि सभा विघटन र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा तथा सरकारका सम्वन्धमा पार्टी एकताको मर्म र भावना अनुसार विधिसम्मत एवं संस्थागत निर्णयअनुरुप अघि बढ्ने कार्यदलमा सहमति भएको छ । २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनर्जीवित भएपछिका पार्टीका वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक तथा संगठनात्मक काम कारवाहीहरु स्वत बदर भएका छन् ।

फागुन २३ पछि अध्यक्ष ओली र माधव समूह दुवैतर्फबाट भएका समानान्तर गतिविधि खारेज हुने जनाएको छ । त्यस्तै पार्टी एकतासँग मेल नखाने भएकाले माधव पक्षले अदालतमा बुझाएको हस्ताक्षर समेत खारेज भएको छ । एमाले कार्यदलको सहमतिले अब माधव नेपाललाई विपक्षी गठबन्धनमा लाग्न बन्देज लगाएको छ । यस्तै, सहमतिमा पार्टीका आन्तरिक अन्तरविरोधहरु पार्टीको दायराभन्दा माथि पुगेकाले सबै समस्याको पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्ने पनि जनाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal