नोभाक जोकोभिचले जिते छैटौँ पटक विम्बल्डन टेनिसको उपाधि

२०७८ असार २८ गते, सोमबार

असार २८, काठमाडौं । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा गएराति भएको फाइनल खेलमा इटलीका माटियो बेरेटिनीलाई ६–७, ६–४,६–४ र ६–३ को सेटमा हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । योसँगै जोकोभिचले छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।
जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । ३४ वर्षीय जोकोभिचले गएको महिना फ्रेन्च ओपन जितेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal