डोनारुम्बा युरोकप २०२० को उत्कृष्ट खेलाडी, पेड्री उत्कृष्ट युवा खेलाडी घोषित

२०७८ असार २८ गते, सोमबार

असार २८, काठमाडौं । इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा युरोकप २०२० को उत्कृष्ट खेलाडी बनेका छन् । इटलीलाई ५३ वर्षपछि युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डोनारुम्बा प्लेअर अफ दि टुर्नामेन्ट बनेका हुन् । इटलीले सोमबार इंग्ल्याण्डमा फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३-२ ले पराजित गरेको हो ।

त्यस्तै स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई सेमिफाइनलसम्म पुर्याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । १८ वर्षीय पेड्रीले युरोकपअघि सिनियर टिममा जम्मा ४ खेल मात्र खेलेका थिए । तर युरोकपमा भने उनले उत्कृष्ट प्रदर्शन गरे । सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भए पनि उनले उत्कृष्ट खेल देखाएका थिए । पेड्रीले उक्त खेलमा ६६ मध्ये ६५ पास पूरा गरेका थिए । जसले गर्दा उनको चर्चा चुलिएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal