पूर्वराष्ट्रपति पक्राउ परेपछि दक्षिण अफ्रिकामा प्रदर्शन, प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते

२०७८ असार २८ गते, सोमबार

असार २८, काठमाडौं । भ्रष्टाचारको आरोप लागेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकव जुमा पक्राउ परेपछि उनका समर्थकहरुले रिहाइको माग गर्दै दक्षिण अफ्रिकामा प्रदर्शन गरेका छन् । अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा अवरुद्ध पारेका छन् । प्रदर्शनका क्रममा १०० भन्दा बढिलाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन् ।
उनीहरुले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेपछि प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । भ्रष्टाचारको आरोप लागेपछि जुमालाई अदालतमा उपस्थित हुन नसकेका कारण गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो । आत्मसमर्पण नगरे पक्राउ गर्ने चेतावनी दिएलगत्तै जुमाले गत बुधबार आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal