यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७८ असार २८ गते, सोमबार

असार २८, काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आइतवार साँझसम्ममा २ अर्ब ९१ करोड ५३ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतवार साँझ ५:३० बजेसम्ममा १८ लाख १४ हजार २६५ जना आवेदकले २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर खरीदको लागि आवेदन दिएका छन्।

मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओमा छिटो अवधि अर्थात् आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ ।
गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महीनामै असार १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू १ अर्ब ५० करोड ५० लाख रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू २ अर्ब १५ करोड पुग्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal