लाभांश प्रस्ताव पारित गर्न एनएलजीले डाक्यो साधारण सभा

२०७८ असार २८ गते, सोमबार

असार २८, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न १५औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले साउन २१ गते कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा बिहान १० बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ। साधारण सभा र लाभांश प्रयोजनका लागि साउन १४ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा साउन १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ छ। १० प्रतिशतका दरले १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal