लागु-औषध तस्करीलाई पुर्व राज्य मन्त्री कण्डेलको संरक्षण, नेपाली सांसद “उर्फ मुन्ना बाबु” भारतमा भाईरल

२०७८ श्रावण २८ गते, बिहीबार

साउन २८, काठमाडौं । ६ अर्ब ८६ करोड बराबरको लागू औषध नेपाल भारत सिमा नजिकै महाराजगंजको निचलौलमा गोदाम गरेर राखेको अवस्थामा सुरागीका आधारमा भारतिय प्रहरी, भारतिय सिमा सुरक्षा बल लगायतको संयुक्त छापा हानी बरामद गरेको थियो। भारत बाट नेपाल लागू औषध अबैध तस्करी गराउने गिरोहका नाइके रमेश कुमार गुप्तालाई भारतिय प्रहरीले गिरफतार गरेपनि उनका भाइ गोविंद गुप्ता फरार रहेका छन। भारतीय मिडियामा आएका समाचार अनुसार गोविंद गुप्ता भागेर नेपाल छिरेको र नेपालका सांसद तथा पुर्व मन्त्री देबेन्द्र राज कण्डेलको संरक्षणमा रहेको भारतिय सुचना एजेन्सीहरुको दाबी छ।

पहिले पनि पटक-पटक गोबिन्द गुप्ता नाम गरेको ड्रग स्मगलरलाई नेता कडेलले संरक्षण गरेको समाचारहरुमा आएका थिए। गोबिंद गुप्ता नेपालमा पनि प्रहरीको वान्डेड लिष्टमा छन। गोबिंद गुप्ता र सांसद देबेन्द्र राज कण्डेल उर्फ मुन्ना बाबुको तस्वीर भारत भर भाईरल भएको छ।

हेर्नुहोस भारतीय मिडियामा आएका खवरहरु :



बर्षेनी कुलत र लागू औषधको कारण सयौ नेपाली युवाहरुले अकालमै जीवन गुमाउछन तथा लाखौंको घरबार उजाडिन्छ। समाज र राष्ट्रकै क्यान्सरका रुपमा बिकसित भएको लागु औषधको प्रकोप राष्ट्रब्यापी फैलाउने नै नेपाली जनताले बिश्वास गरेर मत दिएका सांसद हुनुले अन्तर्राष्ट्रिय गिरोह कति शक्तिशाली छ भन्ने अनुमान गर्न सकिन्छ।देशको कर्णधार सुनौलो भबिस्य बोकेका लाखौं युवाहरु लागू औषधको कुलतमा फसाएर अन्तरास्ट्रिय लागू औषध तस्करीको नेपाल नाइकेका रुपमा तस्करलाई संरक्षण गर्ने नेता देबेन्द्र कण्डेल बिबादास्पद नेता बनेका छन, उनको भारतिय नागरिकता भएको तथा ३ वटा नागरिकता भएको भनी यस अघि गृह मन्त्रालयको सचिब स्तरको अनुसन्धान समितीले प्रतिबेदन दिएको थियो।
नवलपरासी भारतीय सिमा आसबास बसोबास गर्ने स्थानियका अनुसार नवलपरासी ठुटिबारी महेशपुर सिमामा हुने हरेक अबैध ओसार पोसार र तस्करीको संरक्षक नेता कण्डेल हुन र उनकै सेटिङ्ग र संरक्षणमा गैरकानुनी ओसारपसार नवलपरासी बोडरमा सन्चालन हुने स्थानीयको दाबी छ। उनी नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र न २ को प्रतिनिधि सभामा निर्वाचित सांसद तथा पुर्व राज्य मन्त्री हुन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal