ने.वि संघका सन्दर्भमा नेता किशोर गैरे सँग गरिएको कुराकानी

२०७८ फाल्गुन १६ गते, सोमबार

राजीव ढुङ्गाना नेतृत्वको नेपाल बिद्यार्थी संघलाई विगठन गरी बिधान अनुसार ३२ वर्षको उमेरको हद कायम गरी ने.बि संघको नयाँ समिति बनाउने नेपाली कांग्रेस केन्द्रीय सम्पादन समितिको निर्णय भए संगै देशभरी रहेका ने.बि संघमा आस्थावान् विद्यार्थीहरुमा आशाको दियो बलेको छ।यसै सन्दर्भमा नेपाल विद्यार्थी संघका नेता किशोर गैरे संग हाम्रा सहकर्मीले गर्नुभएको कुराकानीः

१) नेपाल विद्यार्थी संघको नयाँ समितिले महाधिवेशन गराँउछ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ?लामो समय ने.वि संघको महाधिवेशन हुन नसकेन?

· सर्वप्रथम त एउटा प्रजातान्त्रिक मुल्य र मान्यताका आधारमा स्थापित र आफ्नो जन्म देखि नै प्रजातन्त्र प्राप्तिका लागि शंघर्ष गरेको देशको सवैभन्दा पुरानो र प्रजातान्त्रिक दलको भातृ संस्थाको लामो समय देखी महाधिवेशन हुन नसक्नु,गर्न नखोजिनु र पटक पटक म्याद थप गर्दा पनि पार्टी नेतृत्वले विश्वास गरेका ने.वि संघका नेताहरु असफल हुनु खेद पुर्ण छ।तर बिडम्बना स्वरुप यो यथार्थलाई स्वीकार गर्दै संघको आन्तरिक लोकतन्त्रको सुदृढीकरणका संघर्ष गर्नु पर्छ।यो अक्षम्य अपराधका भागीदार ने.वी संघको नेतृत्वमा रहेका नेताहरुमा नेतृत्व हस्तान्तरणको ईच्छा नहुनु,आत्माविश्बास नहुनु र विधान भन्दा ब्यक्ती प्रधान मान्नु हो।जब निति भन्दा नेता प्रधान,विधि भन्दा ब्यक्ती प्रधान र संगठन भन्दा गुटको सर्वच्चता प्रधान हुन्छ तब यो खाले समस्या संगठनमा देखिन्छ।नेताले संगठनलाई समाजको रुपान्तरण र विकासका लागी नभई आफ्नो पद प्राप्तिको साधन जसरी प्रयोग गर्न थाल्छन तव यस्तै बेथीति र अराजकता मौलाएर जान्छ।यो सवैका बाबजुत पनि पन्चायतलाई चुनौति दिएर गाँउ गाँउमा प्रजातन्त्रको मसाल जलाएको ने.वि संघलाई जिवन्त राखी नयाँ पुस्ताका विद्यार्थीहरुलाई नेतृत्वको अवसर प्रदान गरी पुस्तान्तरण गर्नुपर्छ।

नेपाली कांग्रेसले ढिला भए पनि ने.वि संघका सन्दर्भमा गरेको निर्णयले फाल्गुण मसान्त वा चैतको पहिलो हप्ता सम्म नयाँ समिति आउने कुरामा विश्वस्त हुनुपर्छ।नयाँ नेतृत्वले अब पनि महाधिवेशन गराउन सकेन भने देश भरिका तमाम लाखौ विद्यार्थीको आस्था धरमराउने र लोकतन्त्र प्रतिको विस्वास डगमगाउने हुदाँ नेपाल विद्यार्थी संघमा नेतृत्व लिने अबका नेताहरुलाई त्यो गलती दोर्याउने छुट हुदैन र हुनुपनि हुदैन।त्यसैले म अव आउने नयाँ समितिले महाधिवेशन समयमै गराउछ भन्नेमा विश्वास राख्दछु।

· अब आउने नयाँ समितिमा हजुरको स्थान कहाँ रहनेछ?

सबैभन्दा पहिले म आफ्नो स्थान कहाँ रहने भन्ने कुरामा खासै चिन्तित छैन।मेरो चिन्ताको विषय नेपाल विद्यार्थी संघलाई यथास्थितिको अन्योलतामा राख्दा कांग्रेसको स्थान कहा पुग्छ?विद्यार्थी आन्दोलनको अग्रिणि मोर्चाको नेतृत्वमा रहेको ने.वि संघको स्थान कहाँ पुग्छ भन्ने मेरा लागि प्रथम विषय हो।म ने.वि संघको गतिसिलता,विस्वासनियता र आम विद्यार्थीको भरोस प्रति मेरो चिन्तन हो।समग्र लोकतान्त्रीक व्यवस्थाको मजबुतिका लागि यो व्यवस्थाका सम्वाहकहरुको जग कति बलियो बनाउने भन्ने मुल कुरा हो।ने.बि संघ बलियो भएकै कारण निरंकुसताको बिरुद्ध ठुला ठुला संघर्ष सफल भएका हुन।त्यसै मेरो ध्यान मैले के प्रापत गर्ने भन्दा पनि ने.वि संघको गतिशिलता र मजबुतिका लागि मेरो योगदान कहाँ र कसरी हुने भन्ने हो।अब आउने केन्द्रीय समितिमा रहेर काम गर्दै ने.वि संघको महाधिवेशनको सुनिस्चिता गर्नु र महाधिवेशन सफल बनाउदै आगामी महाधिवेशनहरु ठिक समयमा गर्न सक्ने आत्मविश्वास आम ने.वि संघमा पैदा गर्न सक्ने गरी कार्य गर्नु हो।त्यसका लागि महत्वपुर्ण एक व्यक्ति भन्दा पनि समग्र समिति रहन्छ।त्यसैले म यो पटक तदर्थ समितिको सदस्यका रुपमा केन्द्रीय समितिमा काम गरी समयमै महाधिवेशन गरी महाधिवेशन मार्फत अर्को पटक केन्द्रीय समितिको नेतृत्व गर्दै नियमित महाधिवेशन हुने पद्धतिको बिकास गर्नु हो। मेरो मान्यता जुन संगठनले आफ्ना गितिविधिहरुलाई नियमिता प्रदान गर्दैन, त्यो संगठनको विश्बासनियता र भरोसा माथी प्रश्न चिन्ह उत्पन्न हुन्छ,त्यस कारण पनि नेपाल विद्यार्थी संघको गरिमा,गौरव र इतिहासको धरोहर रुपी संगठनको नेतृत्व गरी निकास प्रदान गर्ने अग्रजले छाडेको दायित्व अब हाम्रो पुस्ताको काधँ आइपुगेको बुझेका छौ र समयले त्यस जिम्मेवारीका लागि हाम्रो पुस्ता तयार छ।

· काठमाडौंबाट दुई तीन सय कि.मी पर रहनु भएको तपाईँलाई ने.वि संघले पत्ताउछ?

ने.वि संघले आफ्नो स्थापना कालमा काठमाडौँबाट ४-५ सय कि.मी पर सुदरपश्चिमको डडेल्धुराका शेर बहादुर देउबालाई सभापति बनायो पछी मुलुकले पत्ताएर देशको पाचँ पटक प्रधानमन्त्री बनायो।मेरो विचारमा नेतृत्व ठाउँ बिशेषले बनाउने होईन,नेतृत्व व्यक्तित्वले बनाउच,योगदान र कृयाशिलताले बनाउछ।त्यसैले ठाउ विशेषको कुनै भुमिका हुदैन,भुमिका उसको विचार।गितशिलता,योजना,दृढ संकल्प र विचारले नेतृत्वको विकास गर्छ र हामी लोकतन्त्रमा विश्वास राख्छौ,लोकतन्त्रमा क्षेत्र,जातीय तथा लैङ्गिक भिन्नताका विचार,वर्ग जस्ता समाजका संकुचित घेरालाई ध्वस्तपार्दै समानता,सह-अवसर,सम्मान र स्वभिमानलाई मान्दछौ।त्यसैले यो पटक ने.वि संघ काठमाडौँको चहलपहलमा मात्र नअल्झि देशका दुर दराज,गाँउ बेसीँ,हिमाल पहाड,तराईमधेसका फाँटहरु हुदै प्रत्येक क्याम्पस,माबीहरुमा शैक्षीक रुपान्तरण सहित विद्यार्थी आन्दोलनको मसाल लिएर आउनेछ भन्नेमा र हरेक क्षेत्र समुदायको समान सहभागिता सहितको केन्द्रीय समिति आउनेछ भन्नेमा आशावादी छु।जय नेपाल।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal