मतदाता नामावली सार्वजनिक गर्ने आयोगको तयारी, छपाइका लागि तयारी अवस्थामा रहन निर्देशन

२०७८ चैत्र १२ गते, शनिबार

काठमाडौं । निर्वाचन आयोगले भोलि आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावलीको अन्तिम तयारी भइरहेको जानकारी दिएका हुन ।

यसैबीच, आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । आयोगले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो ।

आयोगले मतपत्र छपाइको मेसिन खरिद गरे पनि उक्त मेसिनबाट सम्भव नहुने बताइएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal