गैरआवसीय नेपालीको ज्ञान र धनलाई देशका लागि उपयोग गरौं : राष्ट्रपति

२०७८ चैत्र १२ गते, शनिबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरेकी छन ।

गैरआवसीय नेपाली संघ (एनआरएन)को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन खेलेको भूमिकाको प्रशंशा गरेकी छन ।

‘गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र धनलाई मुलुकको हितका लागि उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ होटल हिमालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन, ‘नेपालको कला, संस्कृतिलाई विश्वसामू चिनाउन गैरआवसीय संघले खेलेको भूमिका प्रशंशनीय छ ।’

राष्ट्रपति भण्डारीले कोभिड महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको र यसलाई निरन्तरता दिन आग्रह गरेकी छन।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal