नेपाली कांग्रेस र प्रचण्डको सपना चकनाचुर हुन्छ : महेश बस्नेत

२०७८ चैत्र १२ गते, शनिबार

पर्वत । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले नेपाली कांग्रेस कमजोर बनेको बताएका छन ।

दक्षिण पर्वतको विहादी गाउँपालिकामा राष्ट्रिय युवा संघको प्रथम गाउँपालिका अधिवेशनको शनिबार उद्घाटन गर्दै बस्नेतले, जसरी अदालतमा कमजोर फिरादीले धेरै साक्षी राख्छ, त्यस्तै नेपाली कांग्रेस पनि एक्लै निर्वाचनमा जान डराएर गठबन्धन बनाएको दावी गरे ।

एमाले कसैलाई साथ नलिइ अघि बढ्न सक्ने दाबी गर्दै बस्नेतले कांग्रेसले कम्युनिष्ट भनाउँदा दलहरूसँग अपवित्र सहकार्य गरेर एमालेलाई परास्त गर्न खोजेको आरोप लगाए । यद्यपि कांग्रेसको जोर नचल्ने उनको दाबी छ ।

नेता बस्नेतले माओवादी र प्रचण्डको सपना चकनाचुर हुने पनि बताए । प्रचण्डले एमालेको साथ लागेर आएको धेरै सिट देखाएर ब्लाकमेलिङ गरेको भन्दै उनले अबको निर्वाचनपछि उनीहरूका सपना चकनाचुर हुने दाबी गरे ।

‘एमालेकै कारण प्रचण्डका ५३ सिट आए, माधव नेपालले पार्टीलाई टुक्राएर लगेर अहिले कांग्रेससँग टाँसिएर फुर्ति लगाउँदै हिडेका छन्,’ , बस्नेतले भने अबको स्थानीय तहको निर्वाचनमा अघिल्लो पटकभन्दा बढि तहमा एमालेले विजयी हुने भन्दै त्यसका लागि तल्लो तहसम्म पुगेर पार्टीको प्रचार गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal