देउखुरीमा चुनावी रौनक, दलहरुका चुनावी गतिविधिहरु तिव्र, के भन्छन स्थानियबासीहरु ?

२०७८ चैत्र १८ गते, शुक्रबार

दाङ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देउखुरीका स्थानीय तहमा आफ्नो जित सुनिश्चीत गर्न राजनैतिक दलहरुले चुनावी गतिविधिहरुलाई तिव्रता दिएका छन । देउखुरीमा सत्ता गठवन्धन दलहरु गठवन्धन गरेरै भएपनि एमालेलाई हराउने रणनिति बनाउदै आन्तिरीक छलफमा जुटेको स्रोतको दाबी छ ।

त्यस्तै एमालेले पनी गाउँ कमिटी, वडा कमिटी सकेर अहिले टोल कमिटी गठनको काम भईरहेको जनाएको छ । देउखुरीमा विशेषगरी नेकपा एमाले, नेपाली काँग्रेस र नकपा माओबादी (केन्द्र), को प्रभाव बढि छ । यद्यपी, सिएनएन एक्प्रेस डटकमको टिम देउखुरीका विभिन्न क्षेत्रमा पुगेर जनमत लिने प्रयास गरेको छ ।

देउखुरीको अवस्थाबारे के भन्छन स्थानीयवासीहरु ?

हाम्रो टिम बिहान करीब सात बजे रातो डाँडामा पुग्दा गफीएर बसेका केही स्थानीयवासी हरुलाई भट्यौ । त्यहाँ वहसमा चर्का-चर्की चलेको थियो। एक जना स्थानीयवासी भन्दै थिए’ “गठबन्धन भयो भने एमालेले लमही नगरपालीका कुनै पनी हालतमा जित्दैन” लेखेर राखे हुन्छ । अर्को एक जनाले अलि ठुलो ठुलो स्वरमा भन्न थाले तपाईले देख्नु भएको छैन’ ? “प्रत्येक टोल कमिटीमा एमालेको आक्रमक संगठन विस्तार..! । एमालेलेको जस्तो संगठन अरुको छ..? , चुनाव हावा गफ गरे जस्तो हुन्छ ? हेर्दै जानुहोला देउखुरी मात्र देशव्यापी रुपमा एमालेले गठबन्धनलाई सकाउँछ ।

केही बेरको बसाई पछि हाम्रो टिम वसपार्कतर्फ लाग्यो, त्यहाँ पनी चुनावी माहोल वारे गफ गर्दै, दश-पन्ध्र जना गजुम्प भएर गफ गर्दै थिए । एक जना भन्दै थिए, “काँग्रेस आन्तरीक झगडा फस्छ, हेर्दै जानुहोला” । काँग्रेसबाट पहाडी उमेद्वार भए चौधरी बगालले भोट दिदैन, अनी चौधरीले टिकट पाए पहाडीले भोट दिदैन ।

पहिलाको स्थानीय चुनावमा पहाडीले चौधरी उमेद्वार भएकै कारण हराएका हैन ? हामीले विर्सेका छौं भन्ने लाग्यो ? यसपाली काँग्रेसबाट पहाडेले टिकट पायो भने बदला लिने हो । चुनाव जो सुकैले जितोस भाँडमा जाओस ।

भिड बढदै थियो, अर्को एक जनाले थपीए, अनी भन्न थाले, यसपालीको चुनाव फेरी एमालेले जित्ने हो , गठबन्धनमा नेता मात्र मिलेर हुन्छ ? जनता मिल्नु पर्दैन ? जनताको चाहाना बुझ्नु छैन, नेताले गफ गरेर मात्र जितिन्छ , गठबन्धनको चुनावी एजेण्डा के हो ? एमालेलाई हराउने..! अरु केहि छ ? एकछिन माहोल शान्त भयो, अनी अर्को कुनाबाट अर्को एक जना थपिए, उहाँले सहि कुरा गर्नु भयो, गठबन्धनको काम के छ ?चुनाव जित्न नसक्ने अनी गठबन्धन गरेर चुनाव जिन्छम भन्ने यीनीहरुको त जमानत जफत गरीदिनु पर्छ..!

त्यसपिछ हाम्रो टिम बनगाँउ चोकमा पुग्यो, त्यहाँ पनि चुनावी गफ चल्दै थियो । त्यहाँ भने लमही नगरपालीकामा गठबन्धनको टिकल नेकपा एसले पाउने गफ हुँदै थियो । हाम्रो टिक पुगेको देखेर केहि बेर गफ रोकीयो । अनी केहि बेरपछि, एक जनाले भन्न थाले,”देउखुरीमा एमालेको र गठबन्धनको कडा टक्कर हुन्छ” । पहिला त एमाले माओवादी दुबै कम्युनिष्ट भएका कारणको भोट एकैतिर गएको थियो । तर अहिले काँग्रेस र कम्युनिष्टको गठबन्धन छ । सिंगल-सिंगल लड्यो भने त काँग्रेसको राम्रै भोट आउला..! तर गठवन्धन भयो भने त म पनी एमालेलाई भोट दिने हो । म काँग्रेस हुँ , तर गठबन्धन भयो भने मानिदैन । अहिले कसैले भनेर कसैले मान्ने बाला छैन । तपाईहरु हेर्दै जानु होला गठबन्धनले चुनाव हार्छ ।

केहि बेरको बसाई पछि हामी कौडियाको वस स्टपमा गफीएका मानिसहरु भएको ठाँउमा पुग्यौं । त्यहा भने फरक तरीकाले गफ हुँदै थियो , गफमा एक जना महिला भन्दै थिईन, जसले जिते पनी के भो र ? हामीलाई केहि हुने हैन, हामी त किसानी परीयो, भोट सोट कसैलाई दिईदैन । के पी ओलीले प्रतिगमन गरे भन्थे, यो गठबन्धन आफुले खान नपाएर र छटपटाएका पो रछन, अब खान्छन खुदो..! एमसिसि ठिक छैन भन्दै जनता भिडाउने, अनी आफै खुसुक्क भोट हाल्ने, मलाई पनी पहिला त केपी ओली ठिक छैन जस्तो लाग्थो..! सायद आफु एमाले नभएर होला , बरु एमालेलाई भोट दिईएला यो गठबन्धनलाई मरे पनी भोट दिन्न ।

यसै क्रममा हाम्रो टोली नर्ती चोकमा पुग्यो त्यहाँ पनी चौपारीमा बसेका मानिसहरु गफीएका थिए । त्यहाँ पनी गठबन्धन भन्दा एमाले बलियो भन्दै तर्क दिएको देखियो । एक जना स्थानीयले भन्दै थिए खुमबहादुर हुन जानी त देउखुरीमा काँग्रेसलाई कसैले हल्लाउन सक्दैनथ्यो, अहिले भने काँग्रेसमा जित्ने जस्ता कोहि नेता नै छैनन । माओवादीलाई एमसीसी काण्डले सकाई हाल्यो । जे-जे भने पनी मेयर त अहिलेकै ठिक , व्यवाहार त नेतामा हुने गुण छ । बहुत मिलन सार मान्छे । उनी उठेछन भने त भोट एमालेलाई दिने हो अरु उठे भने त त्यस्तै हो ।

2022 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal